logo-img

साफ यू-१६ मा आज भारतसँग भिड्दै नेपाल, दुवै टिम जित्नैपर्ने दबाबमा

राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै छन् । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ ।

चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । आज भारत र नेपालबीचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नैपर्ने बाध्यता छ ।

बराबरीले भने भारतलाई फाइदा पुग्नेछ । भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७–० को जित निकालेको थियो । यस्तै, नेपालले पहिलो खेलमा भुटानलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा नेपाल बंगलादेशसँग २–० ले स्तब्ध भयो ।

यस्तै, भारतले बंगलादेशसँग ३–१ गोल अन्तरको हार बेहोरेको थियो । यस्तै, भुटान र बंगलादेशबीचको समूह चरणको अन्तिम खेल शुक्रबार हुनेछ । भुटान दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।  





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ८:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया