logo-img

कांग्रेससँगको गठबन्धन टुटेकोमा खुसी छु : शशांक कोइराला


नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्सीवाद भएको बताएका छन् । कसैको आर्सीवादमा गठबन्धन टुटेको उनको संकेत थियो । 

बिहीबार बिराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए । उनले कांग्रेस सधैँ एक्लै लड्नुपर्ने औँल्याए । 

उनले भने, ‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो । प्रचण्ड र ओलीज्यू उहाँहरूले पहिला गठबन्धन गर्नुभयो । फेरि हामीतर्फ आउनुभयो । मलाई लाग्छ यो एउटा बरदान हो । अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ । प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ । गठबन्धन टुटेकोमा म खुसी मात्र छैन , कसैको आर्सीवाद पाएको हो कि भन्ने लागेको छ । मेरा लागि यो लुकेको एउटा खुसी चाही हो ।’

उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने बताए । उनले भने, ‘म बिपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुँदैन । विगतमा जसरी मिलेका थियौँ त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ । हामीले स्थापना गरेको कम्युनिस्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन् ।’





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया