logo-img

महिलालाई अवसर दिन नेका नेतृत्वलाई डा. शशांककाे सुझाब

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ४ द्वारा आज जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजिन ‘नेपाली कांग्रेस र अबको बाटो’ विषयमा भएको छलफलमा उनले सबै क्षेत्रमा महिलालाई पुरुष बराबर अवसर दिएर पार्टीप्रति आकर्षित गर्नुपर्ने बताए । 

नेता कोइरालाले पार्टीमा गुटबन्दीको होइन, विचारको राजनीति गर्नुपर्ने सुझाए । क्षेत्र, जिल्ला र पालिकालाई अधिकार दिन पार्टीको विधान संशोधन गर्नुपर्ने बताउँदै उनले आगामी निर्वाचनमा नेकाले कसैसँग गठबन्धन गर्न नहुने बताए । 

संघीय सांसद सुनिल शर्माले पार्टीले क्रियाशील सदस्यहरुको बहुमतका आधारमा टिकट वितरण गर्नुपर्ने बताउँदै ०८४ को निर्वाचनका निम्ति आजैदेखि लाग्नुपर्नेमा जोड दिए । 
    
कोशी प्रदेश सभाका सदस्य अमृत अर्याल र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अबको बाटो चुनौतीपूर्ण रहेकाले जनताका  समस्या समाधानमा पार्टी लाग्नुपर्ने सुझाब दिए । 

क्षेत्रीय सभापति विनोद बस्नेत र मोरङ जिल्लाका कार्यवाहक सभापति भक्तिनाथ माझीले पार्टी नेतृत्वले गुटबन्दीलाई दुरुत्साहन गर्नुपर्नेमा जाेड दिए । 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया