logo-img

टी–२० सिरिज : पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपाल र हङकङविरुद्धको खेल वर्षाका कारण रोकिएको छ । हङकङले ५ ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।

हङकङविरुद्ध नेपाललाई सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले पहिलो ओभरको पहिलो बलमै मार्टिन कोएत्जीलाई शून्यमै आउट गरे । नेपालले आज पनि टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ ।

नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेका राशिद खान, सागर ढकाल र आकाश चन्दलाई बाहिर राखेर लोकेश बम, करण केसी र अविनाश बोहरालाई मौका दिएको हो ।  
 





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया