logo-img

वर्षा बाधक बनेपछि नेपाल र हङकङबीचको खेल रद्द

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आयोजक हङकङ र नेपालबीचको खेल रद्द भएको छ । लामो समयसम्म पनि पानी नरोकिएपछि अम्पायरले खेल रद्द गर्ने निर्णय गरे । 

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । खेल रद्द भएसँगै दुवै टिमले एक/एक बाँडेका छन् । 

खेल रोकिनुअघि हङकङका अशुंमन रथले ३६ र बाबर हयातले तीन रन बनाएर खेलिरहेका थिए । हङकङका ओपनिङ ब्याटरद्वय मार्टिन कोएत्जी शून्य र कप्तान निजाकत खान २५ रनमा आउट भइसकेका थिए ।

उनीहरूमध्ये कोएत्जीलाई करण केसी र खानलाई गुलशन झाले पवेलियन फर्काएका थिए । नेपालले अब सिरिजमा दोस्रो खेल मंगलबार खेल्ने तालिका छ ।

सिरिजअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण टी–२० खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो ।    





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया