logo-img

पिएनजीविरुद्ध नेपाल ब्याटिङमा, प्लेइङ–११ मा एक खेलाडी परिवर्तन
फाइल तस्बिर

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र पिएनजीबीचको खेल बिहान ६ः४५ देखि मोंगकोकस्थित मिसन रोड ग्राउन्डमा सुरु भएको छ ।

पिएनजीविरुद्ध नेपालले  प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज अविनाश बोहराको स्थानमा आकाश चन्दलाई मौका दिएको हो । सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ ।  

पहिलो खेल वर्षाले प्रभावित भएपछि हङकङसँग नेपालले अंक बाँडेको थियो । नेपाल अहिले एक अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सिरिजको फाइनलमा पुग्न नेपाललाई पिएनजीविरुद्ध जित निकाल्न आवश्यक छ । अन्यथा नेपालको फाइनल सम्भावना निकै कठिन हुनेछ । त्यसकारण पिएनजीविरुद्ध नेपालको प्रमुख लक्ष्य उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने हुनेछ । यद्यपि ६ प्रमुख खेलाडीबिना खेलिरहेको नेपाललाई पिएनजीविरुद्ध जित हात पार्न सहज हुने छैन । 

केही दिनअघि मात्र पिएनजीले टी–२० आई खेलमा ओमानलाई उसकै मैदानमा ८ विकेटले हराएको थियो । यता नेपालले सिरिजअघि हङकङको मैत्रीपूर्ण टी–२० आई खेलमा ७३ रनको फराकिलो हार बेहोर्‍यो । नेपाल र पिएनजीले टी–२० आईमा पछिल्लोपटक ४ अप्रिल २०२२ मा एकअर्काविरुद्ध खेलेका थिए । सो खेलमा पिएनजीविरुद्ध नेपाल ५० रनले विजयी भयो ।  

समग्र हेड टु हेडको कुरा हालसम्म यी टिमको भेट चार टी–२० आई खेलमा भएको  छ, जसमा नेपालले तीन र पिएनजीले एक खेल जितेको विगत छ । पिएनजीले नेपाललाई सन् २०१५ मा ८ विकेटले हराएको थियो । ऊ मंगलबार ९ वर्षअघिको इतिहास दोहोर्याउने दाउमा छ । यता नेपाल पिएनजीविरुद्ध लगातार चौथो जितको खोजीमा छ । 



यी दुई टिम आसन्न टी–२० विश्वकपको तयारीस्वरूप सिरिज खेल्न लागेका हुन् । आउँदो १ जुनदेखि अमेरिका र वेस्ट इण्डिजमा सुरु हुने विश्वकपमा पिएनजी समूह ‘सी’ र नेपाल ‘डी’ मा छ । 

समूह चरणमा नेपालले ४ जुनमा नेदरल्याण्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । यता पिएनजीले २ जुनमा वेस्ट इण्डिज, ६ जुनमा युगाण्डा, १४ जुनमा अफगानिस्तान तथा १७ जुनमा न्यूजिल्याण्डको सामना गर्नेछ ।    



नेपालको प्लेइङ–११ : 

 

  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया