logo-img

रूखको हाँगाले लागेर मोटरसाइकलमा सवार महिलाको मृत्यु

अचानक रुखको हाँगा भाँच्चिएर खस्दा मोटरसाइकलमा सवार एक महिलाको आज अपराह्न मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासमा भएको घटनामा ३० वर्षीया उषा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनकुटा बजारबाट हिलेतिर प्रदेश १०२०४९ प ६०४० नम्बरको मोटरसाइकलमा गइरहेका दम्पती दुर्घटनामा परेका हुन् । सडक मास्तिरबाट रुखको हाँगा भाँच्चिएर खसेको थियो । हाँगाले मोटरसाइकल पछाडि बसेकी तामाङलाई लागेको थियो ।

सिकिस्त घाइते अवस्थामा उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल हाँकिरहेका उनका श्रीमान् आशीष तामाङ भने सामान्य घाइते छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया