logo-img

मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल
फाइल तस्बिर

फिफा विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत बहराइनसँग खेल्नुअघि नेपाली फुटबल टिमले आज मलेसियाको सामना गर्दैछ । नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल राति ७:४५ देखि क्लालाम्पुर स्टेडियममा सुरु हुनेछ । 

नेपाल मलेसियालाई घरमै स्तब्ध पार्ने दाउमा छ । यद्यपि नेपाललाई त्यो उपलब्धि हासिल गर्न सहज छैन । खेलाडीको विदेश पलयानले गर्दा अहिले नेपाली टिममा नयाँ खेलाडीको संख्या बढी छ । फिफा वरियताको कुरा गर्दा पनि नेपालभन्दा मलेसिया धेरै माथि छ । हाल फिफा वरियतामा नेपाल १७५औँ तथा मलेसिया १३२औँ स्थानमा छ ।

हेड टु हेडमा अहिलेसम्म नेपाल र मलेसियाबीच सातवटा अन्तर्राष्ट्रिय म्याचमा भेट भएको छ, जसमा नेपालले सबै खेलमा पराजय बेहोरेको विगत छ । नेपाली टिम मलेसियासँग खेलेपछि बहराइन प्रस्थान गर्नेछ । त्यहाँ नेपालले बहराइनसँग २१ र २६ मार्चमा खेल्ने तालिका छ । खासमा नेपालले बहराइनसँग दशरथ रंगशालामै खेल्ने मौका पाएको थियो । तर, दशरथ रंगशालाको दुबो र माटो कमजोर भएपछि नेपालले घरेलु मैदानमा खेल्ने मौका गुमायो । छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । 



नेपालले यसअघि यूएई र यमनसँग खेलिसेकको छ । नेपालले यूएईसँग उसकै मैदान तथा यमनसँग दशरथ रंगशालामा खेलेको थियो । गत नोभेम्बरमा भएको यूएईसँगको खेलमा नेपाल ४–० तथा यमनसँग २–० ले पराजित भयो । 

नेपालले अब यूएईसँगको होम म्याच र यमनसँगको ‘अवे म्याच’ आगामी जुनमा खेल्ने तालिका छ । गत अक्टोबरमा लाओसलाई हराएपछि नेपाल विश्वकपको दोस्रो चरणमा पुगेको थियो ।





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार ६:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया