logo-img

कांग्रेसको संसद अवरोध सरकार छोड्नुपर्दाको पीडा : महेश बर्तौला

सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रबारको काँग्रेसले गरेको संसद अवरोधलाई सरकार छोड्नु पर्दाको पीडाका रूपमा चित्रण गरेका छन् । 

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको बताए । उनले कांग्रेस पानीबिनाको माछाझैँ छटपटी रहेको बताए ।

बर्तौलाले संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रिया अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गरे । उनले काँग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रूपमा उभ्याउन सक्नुपर्ने बताए । 

बर्तौलाले कांग्रेसले संसद अवरोध गर्दा महत्वपूर्ण विधेयकमा छलफल गर्नबाट वञ्चित हुनु परेको बताए । 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया