जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सरस्वती जैसवाल, धनेश्वर साह, कान्छा तामाङ,  मुख्यसचिवमा पूर्ण राई, सचिवमा तारावीर लिम्बु, अजाज मिकरानी, जया यादव र कोषाध्यक्षमा ई. विन्देश्वर राय यादव चयन भएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, केन्द्रीय सम्पर्क समितिका इन्चार्ज रेखा यादव, सहइन्चार्ज देवराज राईलगायतका नेताको उपस्थिति रहेको थियो । 
 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार ७:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया