लोकसभा निर्वाचन : हटाइए ६ राज्यका वरिष्ठ अधिकारी

भारतको तल्लो सदन लोकसभाको निर्वाचनको मिति घोषणा भएको दुई दिनपछि निर्वाचन आयोगले ६ राज्यका वरिष्ठ अधिकारीलाई हटाएको छ ।

निर्वाचन आयोगको निर्देशन अवज्ञा गरेको, आफूखुसी विदेश भ्रमणमा गएको र जथाभावी पदहरुमा बसेर अनुशासन उल्लंघन गरेको जस्ता आरोप लागेका ती अधिकारीलाई सरकारले कुनै कार्बाही नगरेको पाएपछि आयोगले नै हटाइदिएको हो ।

जसमा गुजरातका गृहसचिव पंकज जोशी, उत्तर प्रदेशका गृहसचिव सञ्जय प्रसाद, झारखण्डका गृहसचिव अर्वा राजकमल, बिहारका अतिरिक्त मुख्यसचिव, गृह विभाग एस सिद्धार्थ, हिमाचलका गृहसचिव अभिषेक जैन र उत्तराखण्डका शैलेश बागोली हटाइनेमा परेका छन् ।

यीबाहेक बंगालका डिजिपी राजीवकुमारको नाम पनि बाहिर चर्चामा आएको छ । सामान्य प्रशासन विभाग मिजोरमका सचिव र हिमाचल प्रदेश बृहन्मुम्बई नगरपालिका आयुक्त इकबाल सिंह चहल पनि कार्बाहीमा परेका छन् ।

सोमबार दिउँसो निर्वाचन आयुक्त ज्ञानेश कुमार र सुखवीर सिंह सन्धुबीच राजीवकुमारको अध्यक्षतामा भएको बैठकपछि यो निर्णय गरिएको आयोगले जनाएको छ ।

हटाइएका अधिकारीहरूले सम्बन्धित प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा दोहोरो जिम्मेवारी लिएका थिए । जसले निर्वाचन प्रक्रियामा आवश्यक निष्पक्षतामा पनि सम्झौता गर्न सक्ने र विशेष गरी शान्ति सुरक्षाबलको परिचालनमा उनीहरुको भूमिका निष्पक्ष हुनेमा भरोसा गर्न नसकेर आयोगले यस्तो निर्णय गरेको जनाएको छ ।



दुई दिनअघि मार्च १६ मा लोकसभा चुनावको मिति घोषणा हुने बेला दिइएको यो निर्देशनअनुसार उपआयुक्त र अतिरिक्त उपआयुक्तलाई आज साँझ ६ बजेसम्म प्रतिवेदन बुझाएर अधिकारीहरूको सरुवा गर्न आयोगले निर्देशन दिएको जनाएको छ ।



  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार २२:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया