नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला ७ सयले बढेको छ ।
महासङ्घले आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।