गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान
फाइल तस्बिर

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन् । गाजाका लागि तीव्र खाद्य असुरक्षा विश्लेषणले गाजाको उत्तरी भागमा भोकमरी आएको चेतावनी दिएपछि गुटेरेसले उक्त निवेदन गरेका हुन् ।

डिसेम्बर २०२३ मा गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण विश्लेषणले शत्रुताको तत्काल अन्त्य र जनसंख्याको लागि आवश्यक आपूर्ति र सेवाहरूको प्रावधानको लागि दिगो पहुँच नभए मे २०२४ को अन्त्यमा अनिकाल आउन सक्ने चेतावनी दिएको छ । 

अनिकाल रोक्नको लागि आवश्यक सर्त पूरा नगरेको र पछिल्लो प्रमाणका अनुसार उत्तरी गभर्नरेटमा भोकमरी नजिकै रहेको र मध्य मार्च र मे २०२४ को बीचमा कुनै पनि समयमा भोकमरी हुनसक्ने अनुमान गरिएको छ ।   

उनले तत्काल युद्धविरामको आवश्यकता रहेको बताए । 





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार ११:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया