विश्वकप छनोट दोस्रो चरण : पहिलो जितको खोजीमा नेपाल, आज बहराइनसँग भिड्दै
फाइल तस्बिर

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा नेपालले आज घरेलु टोली बहराइनसँग खेल्दैछ । नेपाल र बुहराइनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । नेपालको सिनियर टिमले पहिलोपटक बहराइनको सामना गर्न लागेको हो ।   

दशरथ रंगशालाको‌ मैदान खेल्नलायक नभएपछि नेपालले होम र अवे दुवै लेग बहराइनमा खेल्न लागेको हो । नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० को नतिजाका साथ दोस्रो चरणमा पुगेको‌ थियो ।   

समूह ‘एच’ मा रहेको नेपालले दोस्रो चरणमा दुई खेल खेलिसकेको छ । नेपाल यसअघि यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । नेपाल रहेको समूहमा नेपाल, बहराइनसहित यमन र यूएई रहेका छन् ।

अंकविहीन रहेको नेपाल अहिले तालिकाको पुछारमा छ । अहिले समूह ‘ए’ को तालिकाको शीर्ष स्थानमा यूएई रहेको छ । यस समूहमा बहराइन तीन अंकसहित दोस्रो स्थानमा छ । उसले दुई खेलबाट तीन अंक जोडेको हो । 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार ७:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया