logo-img

सुनको मूल्य बढेर फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । आज पनि सुनको मूल्य बढेसँगै सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला दुई हजार ६ सय रुपैयाँका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला एक लाख २७ हजार आठ सय रुपैयाँ तोकिएको छ ।
 
यस्तै तेजाबी सुन बुधबार प्रति तोला एक लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य एक लाख २७ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रति तोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि गत फागुन २७ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भएको थियो । 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया