दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल घरबाटै गिरफ्तार

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनलाई प्रवर्तन निर्देशनालय (इडी) को टोलीले पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको इडीको टोलीले बिहीबार मुख्यमन्त्रीलाई घरमै पुगेर दुई घण्टा लामो सोधपुछ गरेपछि गिरफ्तार गरिएको हो । 

दिल्लीको मदिरा नीतिलाई लिएर इडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो । यता, केजरिवालको आम आदमी पार्टीले उनको गिरफ्तारीलाई बिजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षडयन्त्रको संज्ञा दिएको छ । 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार २२:४१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया