नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।
योसँगै आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँले कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज १ लाख २५ हजार ९ सय रुपैयाँ मूल्य कायम गरिएको हो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएकोमा चाँदी आज प्रतितोला १ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।