अरविन्द केजरीवाल : भ्रष्टाचारको विरोधले उठायो,  ‘रक्सी’ले डुबायो

‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यति बेला आएर रक्सीको पोखरीमा डुब्नुपरेको छ ।

भ्रष्टाचार विरुद्ध चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय राजनीतिमा प्रकट भएका थिए केजरीवाल । उनै केजरीवाल अहिले ‘आबकारी नीति घोटाला’ को मुख्य योजनाकार भएको, ६ अर्ब भन्दा बढी घुस लिएर गोवा विधान सभाको चुनावी अभियानमा खर्च गरेको जस्ता गम्भीर आरोपमा मुछिएका छन् ।  यो प्रकरण दिल्लीमा निजी क्षेत्रलाई मदिरा विक्रीको लाइसेन्स वितरणसँग जोडिएको छ ।

लोकप्रियताको शिखर पुगेका केजरीवाल रक्सी घोटालाको गम्भीर आरोपमा जेलको सिँढीमा पुगेपछि उनका समर्थक चकित परेका छन् । केजरीवाललाई बिहीबार राती पक्राउ गरेर दिल्ली अदालतको अनुमतिमा मार्च २८ सम्म हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ । 

केजरीवाल संयोजक रहेको आम आदमी पार्टीले दिल्ली, हरियाणा र गुजरातमा लोक सभा चुनावका लागि विपक्षी पार्टी कांग्रेससँग गठबन्धन गरेर चुनावी राजनीतिमा प्रवेश गरिरहेका बेला उनी पक्राउ पर्नुलाई चासोका साथ हेरिएको छ । सत्तारुढ भारतीय  जनता पार्टीले निर्वाचनलाई लक्ष गरेर केजरीवाललाई विवादमा पारेको भनेर एकतर्फ आलोचना पनि भइरहेको छ ।

पार्टीका राष्ट्रिय संयोजकको गिरफ्तारीले पार्टीको चुनावमा गम्भीर असर पार्न सक्ने प्रक्षेपण पनि भइरहेको छ । किनभने उनी लोकसभा चुनावको लागि योजना र रणनीतिको केन्द्रमा थिए । 

दशक अगाडिको उदय 



भारतमा भ्रष्टाचार विरोधी आन्दोलनबाट उदाएका केजरीवाल तीन पटकसम्म दिल्लीका मुख्यमन्त्री बनिसकेका छन् । करिब १२ वर्षअघि भारतीय जनताले भ्रष्टाचार अभियानकै कारण पत्याएका उनी भारतीय राजनीतिको उत्कर्षमा पुग्न धेरै समय लगाएनन् । 

सन् २०११ को भ्रष्टाचार विरोधी आन्दोलनबाट उभिएका केजरीवालले  निकटतम मित्रहरूको सहयोगमा सन् २०१२ अक्टोबर ६ मा गान्धी जयन्तीको अवसर पारेर स्थापना आम आदमी पार्टी नामक पार्टीको स्थापना गरे । 



केजरीवालले एकल हातले दिल्ली र पन्जाबमा मात्र नभई सुदूर गुजरात र गोवामा पनि आफ्नो पदचिह्न राख्दै भाजपा र कांग्रेसलाई पछ्याउँदै देशको तेस्रो ठूलो राष्ट्रिय पार्टीको रूपमा आपको उदयको नेतृत्व गरे । 

तर त्यो बेला आम आदमी पार्टी–कांग्रेसको सरकार ४९ दिन मात्र टिक्न पायो । किनभने केजरीवालले दिल्ली विधान सभामा जन लोकपाल विधेयक पारित गर्न नसकेपछि राजीनामा दिएका थिए ।

त्यस्तै, सन् २०१५ को विधान सभा चुनावको दौडमा, उनले २०१३ मा ४९ दिनको कार्यकालमा आफ्नो कार्यका लागि लगातार माफी मागेका थिए र फेरि राजीनामा नगर्ने वाचा गरेका थिए ।

दिल्लीमा आफ्नो पहिलो चुनावमा पार्टीको चुनावी लाभबाट उत्साहित केजरीवालले वाराणसीबाट २०१४ मा लोकसभा चुनावमा भाजपाका नरेन्द्र मोदीसँग सामना  गरे । तर हार चाख्न पुगे । 

आफ्नो ‘भ्रष्टाचार विरुद्धको भारत’ नामक अभियानका क्रममा भारतमा सक्रिय राजनीति गरिरहेका नेताहरूलाई केजरीवालले स्वास्थ्य, शिक्षा, पानी र बिजुली आपूर्ति जस्ता मुद्दाहरूलाई आफ्नो राजनीति र शासनको मूलको रूपमा राख्न सफल भए । अहिले उनको पार्टीले राम्रै लय समाइरहेको छ । यद्यपि उनी भनेर गम्भीर आरोपको सामना गरिरहेका छन् ।  

  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार १०:६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया