अभिनेत्री स्वरालाई चुनावको टिकट दिँदै कांग्रेस

बलिउड अभिनेत्री स्वरा भास्कर अभिनयको दुनियाँमा निकै लोकप्रिय अभिनेत्री हुन् । अभिनयबाहेक उनी हरेक मुद्धामा खुलेर कुरा राख्छिन् । यिनै स्वरा अब लोकसभा चुनावको तयारीमा छिन् ।

समाचार अनुसार कांग्रेस मुम्बईले स्वरालाई लोकसभाको टिकट दिने योजना बनाएको छ । यद्यपि कांग्रेस र स्वराबाट कुनै प्रतिक्रिया नआए पनि स्वरा निकटले भने यो खबरको पुष्टि गरेका छन् ।
स्वराका पति फहद अहमद समाजवादी पार्टीका नेता हुन् । त्यही कारण पनि स्वरा पतिको राजनीतिलाई पछ्याउन भित्री तयारी गरिरहेकी छन् । काँग्रेसले स्वरालाई मुम्बईको उत्तर–मध्य सिटबाट लोकसभाको टिकट दिने तयारी गरेको छ । यो सिटमा बिजेपीकी पुनम महाजन सांसद छिन् ।

स्वरा यतिबेला कांग्रेसका ठूला नेताको सम्पर्कमा छिन् । स्वरा प्रायः बिजेपीको नीतिको विरोध गरिरहन्छिन् । उनले सीएएको विरोधमा आयोजित एक जनसभामा हिस्सा लिएकी थिइन् । उनी काँग्रेस नेता राहुल गान्धीको भारत–जोडो न्याय यात्रामा देखिएकी थिइन् ।

स्वराले समाजवादी नेता फहदसँग सन् २०२३ को फेब्रुअरीमा विवाह गरेकी थिइन् । उनीहरूको एक छोरी छन् । स्वरा र फहदको पहिलो भेट सन् २०१९ मा एक प्रदर्शनका समयमा भएको थियो । त्यसपछि उनीहरू नजिकिन थालेका थिए । 





  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार १०:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया