logo-img

आज पनि हिमाली र पहाडी भू-भागमा हिमपात र वर्षाको सम्भावना
फाइल तस्बिर

आइतबार पनि देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा छ ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । 

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै र बाँकी भूभागका एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ । 

कस्तो होला सोमबार र मंगलबारको मौसम ? 



मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा तथा देशको बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका  थोरै स्थानमा र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश  प्रदेशका एक/दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



मंगलबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानमा तथा  बाँकी पहाडी भू-भागका  एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि  बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया