logo-img

बौद्धमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी

विश्व चर्चित आठ कलाकारले यतिबेला नेपालमा कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाइरहेका छन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनिच्चको भाव प्रस्तुत गरिरहेका छन् । यो शब्दको अर्थ हुन्छ, अस्थायी जीवनको हिस्सा । 

प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तक्रियात्मक सत्र चलिरहेको छ । विश्वचर्चित फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरुङ खिन्से नोर्बु कला प्रदर्शनीमा सहभागी छन् । उनी निर्देशित ‘हेमा हेमा’, ‘डाकिनी’, ‘पिग एट द क्रसिङ’ लगायतका चलचित्र प्रसिद्ध छ । 

‘कुनै समय बाँझो मैदान रहेको ठाउँमा पुराना भवनका भग्नावशेष पन्छाएर जग बसालिएको लिच्छवि हाउस अहिले रुपान्तरणको अवस्थामा छ । जहाँ चाँडै अब समकालिन संस्कृतिको केन्द्र बन्दैछ’, उनी भन्छन् । 

लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरू उत्साहित भएको प्रतिक्रिया दिइन् । उनका अनुसार प्रदर्शनीमा फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन् ।

‘सिर्जनात्मक चेतले परम्परागत सीमा तोडेर चलचित्र, फेसन र श्रव्यदृश्य कलामा रोमाञ्चक कथा सिर्जना गर्छन् जसले दर्शकको चाखलाई गहिरोसँग प्रतिविम्वित गर्छ’, कार्यक्रम प्रमुख प्रधानले बताइन् । चैत ११ गतेदेखि सुरू गरिएको प्रदर्शनी १७ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।  





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया