धनगढी उपमहानगरका मेयर गोपी हमालकी जेठी छोरी आरती हमाल सम्पर्कविहीन भएकी छिन् । मेयर हमालले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नी छोरी आरती भारतको गोवाबाट हराएको भन्दै खोजी कार्यमा सहयोग गर्न आह्वान गरेका छन् ।
छोरी आरती ओशो साधक रहेको र उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको तर हिजोदेखि जोरबा वाइब आस्बिन पुलबाट सम्पर्कविहीन भएको उनका साथीहरूबाट जानकारी आएको भन्दै खोजीकार्यका लागि अपिल गरेका हुन् ।
कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आजै रातिको जहाजमा गोवा पुगिरहेको भन्दै उनले मोबाइल नं मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन अनुरोध गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।