logo-img

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् । 

लामालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टोखाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । 

उनका अनुसार लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो । 

जिल्ला अदालत काठमाडौंले गत मंसिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार २३:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया