नेपाली बजारमा फेरि सुन महँगीको छ । आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको मूल्यले नेपाली बजारमा पुनः नयाँ रेकर्डसमेत कायम गरेको छ ।
पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बढेको मूल्यसँगै सुन प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो।
आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेर आज चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय १० रूपैयाँ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।