logo-img

माैसममा सुधार आउन अझै तीन दिन लाग्ने

माैसममा सुधार आउन अझै तीन दिन लाग्ने भएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिनसम्म देशभर बदली र धेरै ठाउँमा पानी पर्नेछ । 

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अघिल्लो हप्ताको बुधबारदेखि नै वर्षा र बदली भइरहेको छ । आज देशभरका पहाडी भू–भागमा पानी परेकाे छ भने अन्य ठाउँमा आंशिक बदली भएको छ ।

उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा बढी पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो एक घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

आज राति पनि कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी क्षेत्रमा र पश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया