logo-img

आज पनि चट्याङसहित वर्षा, दुई प्रदेशमा हिमपातको सम्भावना
फाइल तस्बिर

आइतबार पनि देशका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज देशभरका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको छ ।  

यस्तै, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।  

आज बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ । 
 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया