logo-img

त्रिकोणात्मक फ्रेन्डसिप कपमा नेपालले आज गुजरातसँग खेल्दै
फाइल तस्बिर

भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० फ्रेण्डसिप कपमा आज गुजरातसँग खेल्दैछ । यी दुई टिमबीचको खेल दिउँसो २:४५ देखि सुरु हुनेछ । नेपाल एसिसी प्रिमियर कप र विश्वकपको तयारीस्वरूप भारतमा प्रतियोगिता खेल्न लागेको हो ।  

प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार बरोडासँग खेल्ने तालिका छ । प्रतियोगितामा नेपालले दुवै टिमसँग दुई/दुई खेल खेल्नेछ । तालिकाको शीर्ष दुईमा पुग्ने टिमले ७ अप्रिलमा फाइनल खेल्नेछन् ।  

भारत भ्रमण सकाएर नेपाली टिम प्रिमियर कप खेल्ने ओमान जानेछ । प्रिमियर कपमा समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल १२ अप्रिलमा मलेसियासँग खेल्ने तालिका छ । 

यस्तै, समूह चरणमा नेपालले १३ अप्रिलमा कतार, १५ अप्रिलमा हङकङ तथा १७ अप्रिलमा साउदी अरेबियाको सामना गर्नेछ । प्रतियोगिताको विजेता टोली आउँदो वर्ष हुने एसिया कपमा छनोट हुनेछ ।   
 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार ८:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया