logo-img

पाकिस्तान क्रिकेट टिमको कप्तानमा पुनः बाबर आजम

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई फेरि एकदिवसीय र टी–२० आई टिमको कप्तानमा नियुक्त गरेको छ । पीसीबीका अध्यक्ष मोहसिन नकिवीले बाबरलाई पुनः टी–२० र एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरेको जानकारी दिए ।  

बाबरले कप्तानी छाडेपछि पाकिस्तानका तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले टी–२० र शान मसूदले टेस्ट टोलीको कप्तानी पारेका थिए । गत जनवरीमा अफ्रिदीको कप्तानीमा पाकिस्तानले न्यूजिल्याण्डसँगको पाँच खेलको टी–२० शृंखला ४-१ ले गुमाएको थियो ।

बाबरले यसअघि टी–२० अन्तर्राष्ट्रियको ७१ खेलमा कप्तानी गर्दा पाकिस्तानले ४२ मा जित र २३ खेलमा हार बेहोरेको थियो । यस्तै, उनको कप्तानीमा पाकिस्तानले एकदिवसीयमा ४३ खेल खेल्दा २६ मा जित र १५ खेलमा हारको नतिजा निकालेको थियो । 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १३:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया