logo-img

गुजरातविरुद्ध टस जितेर बलिङमा नेपाल

एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि–२० शृंखलाको पहिलो खेलमा नेपालले टस जितेको छ । गुजरातसँगको पहिलो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ ।

नेपालले एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्न लागेको हो नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा पनि सहभागी रहेको छ । नेपालले दोस्रो खेलमा अप्रिल २ मा बरोडाको सामना गर्नेछ ।

यस्तै अप्रिल ३ मा पुनः गुजरात विरुद्ध खेल्नेछ भने अप्रिल ५ मा बरोडा विरुद्ध दोस्रो खेल खेल्नेछ । प्रतियोगिताको राउण्ड रोबिन चरणमा शीर्ष रहने २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् । 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १५:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया