नेपाली बलरको उत्कृष्ट प्रदर्शन, गुजरात ९८ रनमा अल आउट

एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि–२० शृंखलाको पहिलो खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका छन् । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपालले भारतको राज्यस्तरीय टोली गुजरातलाई ९८ रनमा अल आउट गर्यो । 

टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सकेको हो । नेपालले जितको लागि ९९ रनको सामान्य लक्ष्य पाएको हो । 

गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए भने करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।  





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १६:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया