logo-img

गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी

त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपाल भारतको स्टेट टीम गुजरातविरुद्ध ८ विकेटले विजयी भएको छ । आइतबार साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातले दिएको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन जोडे । त्यस्तै, अनिल साहले ३२ रन, कुशल भुर्तेलले १७ रन र आशिफ सेखले १६ रन बनाए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुँदै ९८ रन बनाएको थियो ।  गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाउँदा हेमांग पटेलले २० रन, अभिषेक देसाईले ११ रन र समित पटेलले १० रन जोडे ।

नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । करण केसीले तीन विकेट लिँदा सोमपाल कामीले पनि एक विकेट लिए ।





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १८:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया