आर्सनलले फेरि शीर्ष स्थानमा उक्लिने मौका गुमायो

इंग्लिस प्रिमियर लिगमा आर्सनलले पुनः शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । आर्सनलले म्यानचेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि शीर्ष स्थानमा फर्किने मौका गुमाएको हो ।

आइतबार राति घरेलु मैदान इथियाद स्टेडियममा खेलमा कुनै पनि टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले पाएका अवसरमा गोल गर्न सकेनन् । 

आर्सनलले २९ खेलबाट २० खेलमा जित, ७ खेल बराबरी र तीन खेलमा पराजयसँगै ६५ अंकका साथ दोस्रो स्थानमा यथावत् रहेको छ । सिटी समान खेलबाट ६४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

आइतबार नै भएको अर्को खेलमा लिभरपुलले ब्राइटनलाई २–१ गोलले हरायो । योसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले २९ खेलमा २० मा जित, ७ बराबरी र दुई खेलमा पराजय ब्यहोर्दै ६७ अंकका साथ शीर्ष स्थानमा उक्लेको हो ।
 






  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार ७:५२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया