logo-img

पहिलो जितको खोजीमा मुम्बई, आज राजस्थानसँग भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्स खेल्दै छन् । यी दुई टिमबीचको खेल बेलुका ७ः४५ देखि मुम्बईस्थित वानखडे स्टेडियममा सुरु हुनेछ । जारी सिजनमा मुम्बई पहिलो जितको खोजीमा छ ।  

मुम्बईले पहिलो र दोस्रो खेलमा क्रमशः गुजरात टाइटन्स र सनराइजर्स हैदराबादविरुद्ध ६ र ३१ रनले पराजय बेहोर्‍यो । मुम्बई घरेलु मैदानको फाइदा उठाउँदै पहिलो जित निकाल्न चाहन्छ । यता राजस्थान मुम्बईलाई स्तब्ध पार्दै लगातार तेस्रो जितको खोजीमा छ । उसले पहिलो र दोस्रो खेलमा लखनउलाई २० र दिल्लीलाई १२ रनले हराएको थियो । 

हालसम्म आइपिएल इतिहासमा मुम्बई र राजस्थानबीच २८ खेलमा प्रतिस्पर्धा भएको छ, जसमा मुम्बईले १५ र राजस्थानले १२ खेल जितेको विगत छ । यी दुई टिमबीचको एक खेल भने रद्द भएको छ । जारी संस्करणमा मुम्बईमा हार्दिक पाण्ड्या र राजस्थानमा सञ्जु सामसन कप्तान रहेका छन् ।  





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १०:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया