logo-img

आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ ब्याटिङमा, प्लेइङ–११ मा एक परिवर्तन
तस्बिर : क्यान

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाल ‘ए’ टस हारेर ब्याटिङको निम्तो पाएको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । 

आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायण जोशीलाई मौका दिएको हो । तीन खेलको सिरिज नेपालले यसअघि नै गुमाइसकेको छ ।  

नेपाल आज जित निकाल्दै सिरिजमा क्लिन स्विप हुनबाट जोगिन प्रयास गर्नेछ । 

नेपाल ‘ए’ को प्लेइङ–११ : देव खनाल, लोकेश बम, विनोद भण्डारी (कप्तान), पवन सर्राफ, आरिफ शेख, नारायण जोशी, बसिर अहमद, राशिद खान, , कमल सिंह ऐरी, सागर ढकाल र विपिन खत्री । 

बेन्च : हेमन्त धामी, विकास आग्री, किरण ठगुन्ना र अर्जुन घर्ती । 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया