logo-img

नेपाल ‘ए’ को खराब सुरुवात, दुवै ओपनर सस्तैमा आउट
फाइल तस्बिर

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाल ‘ए’ ले दुवै ओपनरलाई सस्तैमा गुमाएको छ । नेपालले ओपनरद्वय देव खनाललाई ६ र लोकेश बमलाई ८ रनमा गुमाएको हो ।

देव दोस्रो ओभरको अन्तिम बल तथा लोकेश तेस्रो ओभरको दोस्रो बलमा क्याच आउट भए । देवलाई फिओन ह्यान्ड र लोकेशलाई लियाम म्याकार्थीले विकेटकिपरको हातबाट क्याच आउट गराए । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको मौका पाएको हो । नेपालले २.२ ओभरमा महत्वपूर्ण २ विकेट गुमाएर १५ रन जोडेको छ । 

आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायण जोशीलाई मौका दिएको हो । तीन खेलको सिरिज नेपालले यसअघि नै गुमाइसकेको छ । 

नेपाल आज जित निकाल्दै सिरिजमा ‘क्लिन स्विप’ हुनबाट जोगिन प्रयास गर्नेछ । 
 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १३:१२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया