logo-img

आयरल्याण्ड ‘ए’ विरुद्ध कप्तान भण्डारी पनि सस्तैमा आउट
फाइल तस्बिर

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाल ‘ए’ ले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो ।  

उनले आज ८ बलमा एक छक्कासहित ११ रन जोडे । विनोदलाई ४.५ ओभरमा फिओन ह्यान्डले बोल्ड गरेका हुन् । नेपालले ओपनरद्वय देव खनाललाई ६ र लोकेश बमलाई ८ रनमा गुमाइसकेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको मौका पाएको हो । नेपालले ७ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाएर ५७ रन जोडेको छ । 

आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायण जोशीलाई मौका दिएको हो । तीन खेलको सिरिज नेपालले यसअघि नै गुमाइसकेको छ । 

नेपाल आज जित निकाल्दै सिरिजमा ‘क्लिन स्विप’ हुनबाट जोगिन प्रयास गर्नेछ । 
 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १३:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया