logo-img

आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
फाइल तस्बिर

बिहीबार पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशको पहाडी भू–भागमा माैसम आंशिकदेखि साधारणतया बदली रहने भएको हो ।

कर्णाली प्रदेशको पहाडी भ–ूभागका थोरै स्थानका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको पनि सम्भावना छ ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भने चट्याङसहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।

देशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा दैनिक जनजीवनमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।  





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया