logo-img

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेर एक लाख ३४ हजार रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ । 

तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३३ तीन सय ५० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।



चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार ६ सय १० मा कारोबार भएकामा आजका लागि भने एक हजार ६ सय ५० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ । 





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार ११:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया