राप्रपाले चैत २७ गते काठमाडौंमा आयोजना गर्न लागेको जनप्रदर्शनमा राप्रपा नेपालले समर्थन गरेको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । राप्रपाले चैत २७ गते काठमाडौंमा आयोजना गर्न लागेको जनप्रदर्शनमा राप्रपा नेपालको सहयोग र समर्थन रहनेउनले बताएका छन् ।
हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना र संघीयता खारेजीको निम्ति कुनै पनि दल–समूहले गर्ने संघर्षमा राप्रपा नेपालको ऐक्यबद्धता रहने थापाले बताएका छन् ।
राप्रपाको तत्कालीन अध्यक्ष रहेका कमल थापा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसँग पजित भएपछि राप्रपा नेपालमा लागेका थिए । पूर्वराजा ज्ञानेन्द्रको षड्यन्त्रका कारण आफू पराजित भएको भन्दै उनले राजतन्त्रको मुद्दा नबोक्ने घोषणा गरेका थिए ।
आफूनेतृत्वको पार्टीले कुनै अस्तित्व जोगाउने लक्षण नदेखेर हो वा पूर्वराजासँगको सम्बन्धमा सुधार आएर हो कमल थापा लिङ्देनमार्फत पूर्वराजा फकाउने अभियानमा लागेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।