logo-img

लुम्बिनीका मुख्यमन्त्री महरासहित तीन मन्त्रीले शपथग्रहण गर्दै

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चेतनारायण आचार्य, जसपाबाट भण्डारीलाल अहिर र माओवादीबाट दिपेन्द्र पुनलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि चैत २३ गते पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् । 

नेकपा माओवादी केन्द्र प्रदेशसभा दलका नेता उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका हुन् ।  मुख्यमन्त्री महरासहित मन्त्रीहरूले आजै शपथग्रहण गर्दै छन् ।  





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १४:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया