logo-img

निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद

गायक निशान भट्टराई र उनकी श्रीमती ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद भएको छ । गत चैत ७ गते निशान र ऋचाले सम्बन्धविच्छेदका लागि संयुक्तरुपमा निवेदन दिएका थिए । 

निशान भट्टराई ०७५ सालमा नेपाल आइडल बनेका थिए । उनीहरूले ०७७ सालमा जिल्ला अदालत काभ्रेमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।

सम्बन्धविच्छेदका लागि उनीहरुले संयुक्तरुपमा निवेदन दिएपछि न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धविच्छेदको फैसला सुनाएका थिए । 

जिल्ला अदालत काभ्रेकी सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार ऋचाले निशानबाट अंश नलिई सम्बन्धविच्छेद गरेकी हुन् ।





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया