logo-img

सुन तोलामा १ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
फाइल तस्बिर

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो । 

सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला १ लाख ३५ हजार ५ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने १ लाख ३५ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ ।  



यस्तै, चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार सय ८५ रुपैयाँ निर्धारण भएको जनाएको छ ।  





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार ११:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया