logo-img

शशांक कोइरालाले मागे गृहमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेपाली कांगेसका नेता डा. शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा उनले सहकारीको ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले नैतिकताको आधारमा पनि सो पदमा बस्ने नमिल्ने टिप्पणी गरे । 

आफूमाथि लागेको आरोपको छानविनबाट स्पष्टीकरण पाए उनी फेरि मन्त्री बन्नसक्ने नेता कोइरालाको भनाइ थियो । उनले ०४६ सालपछिको सबै घोटाला काण्डको छानबिन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागप्रति पनि आफूहरुको कुनै आपत्ति नरहेको बताए । 

नेता कोइरालाले संसदमा उच्चस्तरीय छानबिन समिति बनाएर विगतमा भएका सबै घोटालाहरुको छानबिन गर्न उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए । 

नेता कोइरालाले कांग्रेस कुनै पनि घोटाला प्रकरणलाई थाती राखेर संसद चल्न दिने पक्षमा नरहेको पनि बताए । 





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया