सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
फाइल तस्बिर

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएकोमा महासङ्घले आजका लागि भने १ लाख ३६ हजार १ सय ५० रुपैयाँ निर्धारण गरेको छ । 

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ७ सय रुपैयाँ कायम भएको छ । 





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १२:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया