सबैभन्दा धेरै सुत्छन् चिनियाँ, कुन देशका मानिस कतिबेर सुत्छन् ?

 कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने किम एह–रा मस्त निदाउन महँगो रकम चुकाउँछिन् ।

सन् ३० को दशकमा राम्रो तलब सुविधा पाउने उनी राम्रोसँग निदाउन धेरै पैसा खर्च गर्दै छिन् । यसको एक मात्र कारण कामको धपेडीले उनी कहिल्यै मस्तसँग निदाउन सकिनन् ।

‘यो सबै एक स्लिप डिफ्युजरबाट सुरु भयो, जसको लागत कोरियन मुद्रा १० हजार वोन भन्दा अलि बढी थियो । मेलाटोनिन गम्मी र म्याग्नेसियम ट्याब्लेटसहित धेरै सप्लिमेन्टहरूमा विस्तार गर्नुअघि अन्ततः ३ लाख वोनभन्दा बढी खर्च हुने आरामदायी सिरानीमै खर्च खरिद गर्नुपथ्र्यो ।’ उनी यसरी अनुभव सुनाउँछिन् ।

दक्षिण कोरियाली यी कामदार किमको खर्चले कोरियाको द्रुत वृद्धि भइरहेको निद्रा बजारलाई प्रतिविम्बित गर्दछ । जुन सन् २०११ र २०२१ को बीचमा ६ गुणा बढेर ३ अर्ब वोन पुगेको थियो । केबी फाइनान्सियल समूहको थिंक ट्यांकले बुधबार जारी गरेको प्रतिवेदनमा आधारित यो विवरणले निन्द्रा बजारको वर्तमान अवस्था छर्लंग पार्दछ ।

अनेक कारणले राम्रो निन्द्राबाट वञ्चित भएर चिडचिडाहट भोगिरहेका मानिसका लागि आरामदायी ओछ्यान उपलब्ध गराउने व्यवसाय सञ्चालनमा छन्, जसलाई निन्द्रा बजार भनेर पनि चिनिन्छ । जहाँ आवश्यक ओखतीसमेत उपलब्ध हुन्छ । सन् २०२६ सम्ममा बजार ४० अर्ब वोनभन्दा बढी हुने अनुमान केबी फाइनान्सियले गरेको छ ।

यो तीव्र बजार वृद्धि कोरियालीहरूको  औसतको तुलनामा गहिरो निद्रा सुत्न नसकेको कारणबाट भएको हो । सन् २०२१ तथ्यांकलाई उद्धृत गर्दै थिंक ट्यांकले कोरियामा प्रतिदिन एकजनाले औसत ४७१ मिनेट सुत्ने गरेको बताएको छ, जुन औसत भन्दा ३० मिनेट कम हो । कोरियालीहरूको निद्राको गुणस्तर पनि निकै कम रहेको छ ।



विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये एक कोरियाले मात्र जापान भन्दा राम्रो प्रदर्शन गर्यो, जहाँ दैनिक ४४२ मिनेट सुत्न खर्च गरिन्छ ।

बेलायतका मानिसहरू प्रतिदिन औसत ५०८ मिनेट निदाउँछन् भने अष्ट्रेलियालीहरू ५१२ मिनेट, अमेरिकी ५३१ मिनेट र चिनियाँ ५४१ मिनेट निदाउँछन् भनेर अनुसन्धानले देखाएको छ ।



स्वास्थ्य प्रविधि फर्म फिलिप्सले गरेको सर्वेक्षणमा १३ देशका १३ हजार उत्तरदाताहरूमध्ये आफ्नो निद्राबाट सन्तुष्ट हुनेहरूको संख्या औसत ५५ प्रतिशत छ । तर, कोरियालीहरूका लागि मात्र यो संख्या ४१ प्रतिशत छ ।

तनावको कारण ५४ प्रतिशत निद्रामा बाधा, त्यसपछि ४० प्रतिशतमा सुत्ने अवस्था, ३७ प्रतिशतमा अनिद्रा र कामको दिनचर्या, ३६ प्रतिशतमा अत्यधिक फुर्सदको गतिविधि, ३२ प्रतिशतमा स्वास्थ्य अवस्था र २९ प्रतिशतमा घुर्ने बानीले निन्द्रा खलबलिएर गहिरो निन्द्रा पाउन नसकेको कोरियन टाइम्समा उल्लेख छ ।

  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार २०:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया