logo-img

दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनको जित

दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित हासिल गरेको छ । बुधबार ३ सय सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी) सहितको गठबन्धनले १७५ सिट जितेको छ ।   

यस्तै, राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी) ले १०९ सिट जितेको छ । दक्षिण कोरियामा बुधवार भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्ष यताको सबैभन्दा धेरै हो । 

विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन । राष्ट्रिय सभाका ३ सय सदस्यका लागि बुधवार मुलुकका १४ हजार २५९ मतदान केन्द्रमा २५४ निर्वाचन क्षेत्र र ४६ स्लटका लागि मतदान भएको थियो ।





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया