म्यानमारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३/२४ मा म्यानमारले ८ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ ।
यद्यपि यो निर्यात अघिल्लो आर्थिक वर्ष सन् २०२२/२३ को तुलनामा केही कमी हो । मन्त्रालयका अनुसार सन् २०२२/२३ मा म्यानमारले १० अर्ब ९४ करोड डलर बराबरको सामान निर्यात गरेको थियो ।
मन्त्रालयका अनुसार सरकारी क्षेत्रबाट ३ अर्ब ३० करोड रुपैयाँ तथा निजी क्षेत्रका उपक्रमबाट ५ अर्ब ५० करोड रुपैयाँ अमेरिकी डलर बराबरको निर्यात भएको छ । सन् २०२३/२४ मा सबै किसिमका सामानको कूल निर्यात भने १४ अर्ब ६० करोड डलर बराबर भएको मन्त्रालयको भनाइ छ ।
म्यानमारले कारखानाबाट उत्पादित सामग्री र कृषि उत्पादनबाट सर्वाधिक बढी वैदेशिक मुद्रा आय गर्दछ । म्यानमारले कृषि, पशु, खनिज, वन्यजन्तु समेतका वस्तुहरू चीन, थाइल्याण्ड, बंगलादेश र भारततर्फ सबैभन्दा बढी निकासी गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।