भारतमा स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु

भारतमा बिहीबार स्कुल बस दुर्घटना हुँदा ६ जना विद्यार्थीको मृत्यु भएको छ। को उत्तरी राज्य हरियाणामा भएकाे दुर्घटनाबाट १२ जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। 

जिएल पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो। ड्राइभरको लापरबाहीले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरूका अनुसार बस तीव्र गतिमा कुदाइएको थियो। 

हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूतिसहित घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्। 





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १७:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया