कानुनको अधीनमा व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउँछौँ : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले व्यवसायीहरूलाई कानुनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकार सक्षम रहेको बताएका छन् । उनले सबै व्यवसायीहरूलाई समेत प्रचलित नियम कानुनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न आग्रह गरे । 

बिहीबार पर्सामा भएको राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीमा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान र अखाद्य बस्तु नियन्त्रणमा सबैको सक्रियता आवश्यक रहेको बताए । उनले गलत क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन र आम नागरिकले सुरक्षित महसुस गर्ने गरी भयरहित समाज निर्माणमा सबै मिलेर जानुपर्ने विचार व्यक्त गरे । 

गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै त्यसका लागि एकीकृत प्रयास, समन्वय र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए ।
 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार ७:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया