एसिसी प्रिमियर कप : नेपालले आज मलेसियासँग खेल्दै


ओमानमा आजदेखि एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता हुँदै छ । उक्त प्रतियोगिताका लागि नेपालले भारतको गुजरातमा अभ्यास गरेर ओमान पुगेको हो । 

टी २० फर्म्याटमा हुने प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे नेपालले मलेसियासँग खेल्दै प्रिमियर कपको यात्रा सुरु गर्ने छ । प्रिमियर कपमा सहभागि ८ एसोसियट्स र एसीसी च्यालेन्जकपको फाइनलमा पुगेका २ गरी १० देशले प्रतिस्पर्धा गर्दै छन् । 

एशोसिएट्सबाट नेपालसहित ओमान, हङकङ, युएई, कतार, बहराइन, कुवेत र मलेसिया रहेका छन् । यसैगरी एसिसी च्यालेन्ज कपको फाइनल पुगेका साउदी अरेबिया र कम्बोडियाले पनि प्रतिस्पर्धा गर्ने छन् । 

प्रिमियर कपको विजेताले २०२५ मा हुने एसियाकप खेल्न पाउने छ । १० टिमलाई २ समूहमा विभाजन गरिएको छ ।  नेपालको समूहमा मलेसियासहित कतार, हङकङ र साउदी अरेविया रहेका छन् ।

नेपालले शनिबार कतारसँग खेल्दा सोमबार हङकङसँग खेल्ने छ । त्यसैगरी बुधबार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्ने छ । शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् ।  





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार ७:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया